×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यस्तो छ माओवादीबाट राज्यमन्त्री हुनेको लिष्ट !

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीहरुसँगै राज्यमन्त्री पनि पठाउने भएको छ । 
दोस्रो संविधानसभाको निर्वाचनमार्फत प्रत्यक्ष रुपमा जितेर आएका सांसदलाई प्राथमिकतामा राखेर माओवादी केन्द्रले चाँडै सरकारमा आफ्नो पार्टीबाट जाने मन्त्री र राज्यमन्त्रीको नाम सिफारिस गर्ने तयारी गरेको छ ।
माओवादी केन्द्रले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नामवली लगभग तयार पारेको छ । मन्त्रीको सूचीमा नअटाएकाहरुलाई माओवादी केन्द्रले जात्तीय, भेगीय र समुदायगत हिसाबले राज्यमन्त्रीमा सिफारिस गर्ने भएको छ ।
सुर्खेतकी सीता नेपालीलाई महिला र दलित समुदायको प्रतिनिधित्व गराउँदै सरकारमा पठाउने तयारी भए पनि उनी राज्यमन्त्रीमा पठाउने गरी छलफल चलेको छ । नेपालीलाई मन्त्री बनाउनुपर्ने माग कार्यालय बैठकमा बारम्बार उठे पनि उनको नाम राज्यमन्त्रीको सूचीमा पहिलो नम्बरमै रहेको बताइएको छ ।
त्यसैगरी काठमाडौँकी रुपा महर्जनलाई नेवार समुदायको प्रतिनिधित्व गराउँदै राज्यमन्त्री बनाउने भएको छ भने वाङकी शेर्पालाई पनि शेर्पा समुदायको प्रतिनिधित्व गराउँदै राज्यमन्त्री बनाउने पक्का भएको छ ।
त्यस्तै चौधरी समुदायबाट मानपुर चौधरी र मधेसबाट अशोक जयसवाल र अमन मण्डललाई राज्यमन्त्रीको रुपमा सरकारमा पठाउने गरी लाजिम्पाटले नामवली तयार पारेको छ ।
त्यस्तै प्रचण्ड नेतृत्वको सरकारदेखि कुनै पनि हालतमा मन्त्री बन्ने तयारीका साथ दौडधुपमा लागेका सांसद रामनारायण बिँडारीलाई मन्त्री राज्यमन्त्रीमा पठाउने तयारी छ । पार्टी अध्यक्ष प्रचण्डले बिँडारीलाई राज्यमन्त्रीमा जान आग्रह गरिसकेका छन् तर बिडारीले जवाफ फर्काएका छैनन् । 
माओवादी केन्द्रका एक कार्यालय सदस्यका अनुसार अन्य नेताहरुको नाममाथि पनि छलफपल चलिरहेको छ । यद्यपी पहिलो चरणमा माथि उल्लिखित नेताहरुलाई राज्यमन्त्री बनाइने बताइएको छ । जनप्रहार सात्पाहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: