राजपा र राप्रपाले के गर्ला निर्णय ?


काठमाडौं – राष्ट्रिय जनता पार्टी र राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने संकेत गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेससँग भएको छलफलमा राजपा प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न सकिने जनाएको हो ।

उक्त बैठकमा राजपाका नेताले देउवालाई अग्रिम बधाई दिँदै समर्थनका विषयमा औपचारिक निर्णय आइतबार बिहान बस्ने बैठकबाट गर्ने जनाएका छन् ।

‘उहाँले सहयोग गर्न आग्रह गर्नुभयो, हामीले हाम्रा मुद्दामा सकारात्मक भए सहयोग गर्न सक्छौं भनेका छैाँ’, बैठकपछि राजपा नेता राजेन्द्र महतोले भन्नुभयो ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि देउवालाई समर्थन गर्ने संकेत गरेको छ । राप्रपाले आइतबार बिहान पार्टी बैठक बोलाएर औपचारिक निर्णय गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित : Sunday, June 04, 2017
Loading...

recent

Popular Posts