×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माफियाहरुको मिलेमतोमा यसरी भत्काइन्छ सडक ! गैरकानुनी धन्दामा यातायात व्यवस्था विभाग किन मौन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – देशमा नियमको कार्वनयन नहुँदा माफियाहरु कतिसम्म सल्बलाउंदा रहेछन् भन्ने पछिल्लो उदाहरण फेला परेको छ । माफियाहरुको सेटीङमा नियमको धज्जी उडाउंदै सामान ढुवानी गर्ने ट्रिपरले अवधै तरिकाले ढालाको उचाई बढाएर बढी समान बोक्ने गरेको पाइएको छ । प्रचलित नियमविपरित कतिपय ठाउँमा प्रहरी र यातायात व्यवस्था विभागकै कर्मचारीको मिलेमतोमा यस्तो गैरकानुनी काम भइरहेको सरोकारवालाहरुको आरोप छ भने कतिपय ठाउँमा केहि माफियाहरुको चलाखेलमा यस्तो भइरहेको जानकारहरु बताउँछन् । 
नियम विपरित यस्तो धन्दा !
अर्थ सरोकार डटकमलाई प्राप्त खबर अनुसार भारत बेन्ज र एमएडब्ल्यु कम्पनीको ट्रिपरले ढाला थपेर बढी सामान ढुवानी गर्दै आइरहेका छन् । ‘कतिपय ठाउँमा राज्यको आँखा छलेर काम भइरहेको छ भने कतिपय ठाउँमा मिलेमतोमै काम भईरहेको छ । कतिपयले यातायात कार्यालयमा ट्रिपर दर्ता गराउँदा एउटा ढालाको उचाइ देखाएर ढुवानी गर्दा ढाला थपेर बढी सामान ढुवानी गर्ने काम गरिरहेका छन् भने कतिपयलाई यातायात व्यवस्था कार्यालयकै कर्मचारीले यस्तो काममा सहयोग गरेका छन् ।’ एक व्यवसायी भन्छन्, ‘तराइका पूर्वी क्षेत्रमा, मेलम्ची–काठमाडौं, बेल्खु –काठमाडौंमा ढुङा, गिटी, वालुवा र माटो बोक्ने ट्रिपरले यस्तो अवैध काम गरिरहेका छन् ।’

कानुनको धज्जी उडाएर यसरी हुन्छ कालो व्यापार !
‘नियम विपरित धेरै व्यवसायीहरुले ६ चक्के ट्रिपरले साढे ७ घनमिटर सामान बोक्न पाउने व्यवस्थाविपरित ढाला थपेर १५ टन बढी सामान आयात गरिरहेका छन् भने १० चक्का भएको ट्रिपरले १२ घनमिटर सामान बोक्न पाउने 
भएपनि यो नियमपनि मिचेर बढी समान बोक्ने गरिएको छ ।’ काठमाडौँकै अर्का एक व्यवसायी भन्छन्, ‘दाङ, जनकपुर, नारायणगढ र इटहरीलगायत अन्य क्षेत्रमा अवैध रुपमा ढाला थपेर ट्रिपरले बढी सामान ढुवान गरिहेको छ । यस सम्बन्धमा सम्बन्धित निकायको ध्यान गएको छैन । जसका कारण माफियाहरु अझै सल्बलाईरहेका छन् भने त्यसले बाटोघाटोमा समेत ठुलो असर परिरहेको छ ।’ 

सीधा असर सडकमा !
यसरी नियम विपरित समान ढुवानी गर्दा सडक भत्किने क्रम बढेको छ भने यसले दुर्घटनाको जोखिम निकै बढाएको छ । ‘सडक भत्किने मुख्य कारण नै यहि हो ।’ दाङका एक व्यवसाय भन्छन्, ‘ यो गैरकानुनी धन्दामात्र रोकिने हो भने धेरै सडकहरु बिग्रने सम्भावना निकै कम हुन्छा । यहाँ त मनपरी छ । जसले जे गरेपनि हुन्छ भन्ने शैलीमा काम भइरहेको छ ।’ यता ट्राफिक प्रहरीपनि धेरै स्थानमा क्षमता बढी सामान ढुवानी गर्दा सडक भत्कने गरेको स्वीकारछन् । ‘ट्रीपरका कारण सडक भत्किने गरेको छ । तर सम्बन्धित निकाय यासमा चुप बसेकै हो ।’ काठमाडौँका एक ट्राफिक प्रहरी भन्छन्, ‘काठमाडौँमा त केहि कडाइ छ, बाहिरका जिल्लाहरुमा त ट्रीपरका कारण बाटो नै ध्वस्त भएको छ ।’ 

नियममा के छ ?
प्रचलित नियमले भने तोकेको भन्दा बढी समान बोक्न निषेध गरेको छ । यातायात व्यवस्था विभागले २०७१ साल कात्तिकमा ६ चक्के ट्रिपरको ढालाको आयातन साढे ७ घनमिटर र १० चक्केको १२ घनमिटर तोकी सोही मापदण्ड कार्यान्वयन गराउन निर्देशन दिएको थियो । तर कानुन कितावमा मात्र सिमित हुँदा समस्या देखिएको ट्राफिक प्रहरीहरु नै स्वीकारछन् । यता प्रहरी प्रवक्ता तथा एसएसपी सर्वेन्द्र खनालले नियमविपरित काम गर्ने ट्रीपरलाई यातायात व्यवस्था विभागमा बुझाउने गरेको बताउँछन् । ‘अनुमतिभन्दा बढी सामान बोक्ने ट्रिपरलाई हामीले विभागमा बुझाउने गरेका छौं । यस्ता ट्रीपरहरुलाई कारवाही गर्ने अधिकार विभागसँग छ ।’ उनले भने ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: