×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सम्पादकीय : सार्वजनिक अपराधको मुद्धा लगाएर सबै ब्रोकरको लाईसेन्स खारेज गर सरकार !

  • सम्पादकीय 
ब्रोकरहरुले आज मिति २०७४ साल असार १५ गते सेयर कारोबारनै बन्द गराएका छन् । ब्रोकरहरुबाट एउटा अकल्पनीय अपराध भएको छ । केहि ब्रोकर हाउसलाई आन्तरिक राजश्व विभागले पत्र काटेको निहुँमा उनीहरुले बजार बन्द गराउनेजस्तो ठुलो अपराध गरेका छन् । यसले लगानीकर्ताको लगानी गर्न पाउने, सेयर किन्न पाउने वा बेच्न पाउने अधिकारमाथि धावा बोल्ने काम भएको छ ।
जो कसैले पनि मनपरी गर्न पाउँदैन, हुँदैन । लोकतन्त्रको खिल्ली उडाएर लुटतन्त्रमा विश्वास गर्नेहरुलाइ परास्त गर्ने पर्छ । आफ्नो अधिकारका नाममा लाखौँ लगानीकर्ताको अधिकारमाथि धावा बोल्ने अधिकार कसैलाई छैन । आज ब्रोकरको कार्यालयमा आन्तरिक राजश्व विभागको पत्र आउँदा बजार बन्द गरियो, भोलि सरकारले कुनै अर्को कदम चाल्ला, कुनै ब्रोकर हाउसमा अख्तियारले छानविन गर्ला, अनि के जुन बेला पनि बजार बन्द गर्ने त ?
भ्याट तिर्ने वा नतिर्ने भन्ने कुरा फरक पाटो हो । यसमा छुट्टै बहस गर्न सकिन्छ । तर कारोबारनै बन्द गर्नुजस्तो अपराध गर्नेलाई कसैलेपनि माफी दिने कुरा हुन्न । अव त यो प्रकरणमा सबै ब्रोकरहरुलाई सार्वजनिक मुद्धा लगाउनुपर्छ । जनताको अधिकारमाथि धावा बोल्नेका विरुद्ध सरकार लाग्नुपर्छ । बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भन्ने कुरा त आजबाट निर्विवाद प्रमाणित भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: