×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रेणुलाई अश्लील गाली गर्ने युवाले उल्टै भने – म निर्दोष छु, २० हजार माओवादीलाई कारवाही गरियोस

चितवनको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना विरुद्ध किटानी जाहेरी परेको छ ।
चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले दुई जनाविरुद्ध किटानी जाहेरी परेको शनिबार जानकारी दिए । दाहालका श्रीमान् अनिलकुमार पाठकले सामाजिक सञ्जालमा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहरा विरुद्ध किटानी जाहेरी दिएका हुन ।
यता किटानी जाहेरी परेलगत्तै आरोपि बोहरीले रेणु दाहाललाई गाली गरेकोमा आफुलाई कुनै पछुतो नभएको प्रतिक्रिया दिएका छन् । शनिबार पुनः सामाजिक सञ्जालमा अर्को स्टाटस लेख्दै बोहोराले आफ्नो पार्टी एमालेसँग जोडेर कमेन्ट नगर्न आग्रह समेत आग्रह गरेका छन् । उनले प्रहरीले आफुलाई कारवाही गर्नुको साटो २० हजार माओवादी कार्यकर्तालाई कारवाही गर्न माग गरेका छन् ।
‘मलाई रेणुका बारेमा गरेको कमेन्टमाथि कुनै पछुतो छैन । म माथि गालि गलौज गर्ने २० हजार माओवादीलाई कार्वाहि गरियोस ।’ उनले लेखेका छन् । 

हेर्नुस उनको फेसबुक स्टाटस
यस्तो थियो उनको अघिल्लो स्टाटस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: