रुपान्तरित एसएलसी एसइईको नतिजा प्रकाशित ! (नतिजासहित)
Powered by Blogger.
रुपान्तरित एसएलसी एसइईको नतिजा प्रकाशित ! (नतिजासहित)



भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले रुपान्तरित एसएलसी माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । 

ग्रेडिङ सिस्टममा सार्वजनिक नतिजाअनुसार रेगुलरतर्फ चार लाख ४५ हजार ५६४ जनाले् दिएका थिए । त्यसमा छात्रतर्फ दुइ लाख २१ हजार ६८२ सहभागि थिए भने छात्रा दुइ लाख २३ हजार ८८२ रहेका थिए । त्यस्तै एक्जयाम्टेडतर्फ १६५७२ परिक्षार्थी सहभागी रहेका थिए । जसमा छात्र ६२१९ छात्रा १० हजार ३५३ रहेका थिए । 

रेगुलरतर्फ जिपएि ३.६५ देखि ४ सम्म ल्याउनेमा १२ हजार दुई सय ८४ छन् । त्यस्तै जिपिए ३.२५ देखि ३.६० ल्याउनमा ४२ हजार ४२७ रहेका छन् । त्यस्तै जिपिए २.८५ देखि ३.२० ल्याउने ५० हजार ६ सय ४६ रहेका छन् । 
एक्ज्याम्टेडतर्फ कसैले पनि जिपिए ३.६५ देखि ४ सम्म ल्याउन सकेनन ।  गत चैत ३ देखि १४ गतेसम्म एसईई परीक्षा सम्पन्न भएको थियो ।




नतिजा हेर्नुहोस्
ताजा अपडेटहरु