सिद्धार्थ डेभलपमेन्टको सेयर असार १४ देखि लिलामीमा, २१ गतेसम्म भर्न पाइने
Powered by Blogger.
सिद्धार्थ डेभलपमेन्टको सेयर असार १४ देखि लिलामीमा, २१ गतेसम्म भर्न पाइने


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - सिद्धार्थ डेभलपमेन्ट बैंकले असार १४ देखि २१ गतेसम्म संस्थापक र सर्वसाधारण समूहको गरी कुल ८ लाख ५७ हजार ४३७.०१ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ४ लाख ५ हजार ८८८.४५ कित्ता र सर्वसाधारण समूहको ४ लाख ५१ हजार ५४८.५६ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । न्यूनतम मूल्य १०० रुपैयाँदेखि माथि भाउ तोकी यसमा आवेदन दिन पाइनेछ । बोलपत्र फारम बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा पुग्ने गरी पेस गर्नुपर्नेछ । सिद्धार्थले गत वैशाख ८ देखि जेठ १० गतेसम्म ६०% हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रद निष्कासनका बेला सबै सेयर नबिकेपछि बाँकी रहेको सेयर बैंकले लिलामीमा ल्याउन लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । बोलपत्र असार २३ गते दिउँसो १ बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंमा खोलिनेछ । सिद्धार्थले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासमा चुक्ता पुँजी १ अर्ब ४१ करोड ९१ लाख ६८ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ६० पैसा छ । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई जनता बैंकले एक्वायर गर्न लागेको छ । सिद्धार्थ १ः१ स्वाप रेसियोमा एक्वायर हुन लागेको हो । दुवै बैंकको विशेष साधारण सभाले एक्वायर प्रस्ताव पारित गरिसकेको छ ।

प्रकाशित मिति : Wednesday, June 21, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...