विश्वका ४५ देशलाई उछिन्दै नेपालको कम्पनी उत्कृष्ट घोषित, सिप्रदीले पायो ८ वटा अन्तराष्ट्रिय अवार्ड !
Powered by Blogger.
विश्वका ४५ देशलाई उछिन्दै नेपालको कम्पनी उत्कृष्ट घोषित, सिप्रदीले पायो ८ वटा अन्तराष्ट्रिय अवार्ड !


काठमाडौं- सिप्रदी ट्रेडिङ टाटा मोटर्सको विश्वकै सर्वोत्कृष्ट डिष्ट्रिब्यूटर अवार्डबाट सम्मानित भएको छ । यूरोप,अफ्रिका र एसिया गरि विश्वका ४५ देशलाई पछि  पार्दै टाटा मोटर्स ग्लोबल एचिभमेन्ट अवार्ड २०१६ कार्यक्रममा सिप्रदी सर्वोत्कृष्ट डिष्ट्रिब्यूटर घोषित भएको हो ।

बस र एम एण्ड एचसिभी ट्रक विधा बाट ’सर्वाधिक विक्री २०१६,’ तथा ’सर्वाधिक मार्केट शेयर २०१६’,अल्ट्रा बसको लागी ’सर्वाधिक विक्री २०१६’को उत्कृष्ट अवार्ड हात पारेको छ । त्यस्तै कम्पनीले ’उत्कृष्ट कस्टुमर इन्गेजमेन्ट २०१६’, ’सर्वाधिक मार्केट शेयर २०१६’ र ’उत्कृष्ट ग्लोबल सर्भिस क्याम्प २०१६’ अवार्ड समेत पाएको छ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अवार्डले जिम्मेवारी थपेको बताए।सिप्रदीले सन् १९८२बाट टाटाका गाडी नेपालमा बिक्री गर्दै आएको छ।


Published Date : Monday, June 12, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...