×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नयाँ ब्रोकर लाइसेन्सको निर्णयपछि ब्रोकर एसोसिएसन फुटको संघारमा, ‘हमाललाई सिध्याइदिने’ भन्दै ५ ब्रोकरको छुट्टै बैठक !

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारि तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गर्नेगरी निर्णय गरेपछि असन्तुष्ट बनेका सेयर दलालहरुले आफ्नै एसोसिएसन अर्थात स्टक ब्रोकर एसोसिएसनमा पनि गुटबन्दी गर्न थालेका छन् । उनीहरुले आफ्नो व्यवसाय नै धरापमा परेका बेला ब्रोकर एसोसिएसनले पनि खासै गतिलो पहल नगरेको, काम गर्नुपर्ने ठाउँमा उल्टै कुण्ठा पोखेर ब्रोकरहरुकै बेइज्जत गरेको, स्थिति धेरै संवेदनशील हुँदा पनि औपचारिकता कुरेको लगायतका कुराहरुमाथि असहमति जनाउँदै छुट्टै गुटको भेला गरेका हुन् ।
आइतबार दर्बारमार्गस्थित एक क्याफेमा सम्पन्न भएको ५ ब्रोकरहरुको भेलाले स्टक ब्रोकर एसोसिएसनको औचित्य सकिएको र हालको नेतृत्वले खासै केहि काम गर्न नसकेको भन्दै अव फरक तरिकाले अगाडी बढ्नुपर्ने निष्कर्षसमेत निकालेको छ । ‘अवको नेतृत्वले सेयर ब्रोकरका पक्षमा केहि पनि गर्न सक्दैन भन्ने निष्कर्षमा हामी पुगेका छौं  । हाम्रो बिजनेश सकिने स्थिति आउन लागिसक्यो, राजनीतिक लविङ गर्न छोडेर ब्रोकर एसोसिएसनको नेतृत्व कुण्ठा पोखेर बस्न थाल्यो । त्यसैले छुट्टै पहल गर्ने निर्णय गरियो ।’ छलफलका सहभागी एक ब्रोकरले भने -‘औपचारिक रुपमै ब्रोकर एसोसिएसन फुटाउने कि नफुटाउने भन्ने विषय थप छलफलको विषय हो । तर हामी छुट्टै बस्न थालिसक्यौं । त्यता पनि जान्छौँ, तर अव आफ्नो दुनो सोझो नगरी केहि हुनेवाला छैन।’
साथै ती ब्रोकरले अहिलेका धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कामको बिरोध गर्न सेयर बजारमा चलेका व्यक्तिहरु परिचालन गर्ने, मिडियाहरुमा बोर्ड अध्यक्ष हमालका नराम्रा काम खोजेर समाचार छाप्न अनुरोध गर्ने, अहिलेको बोर्डको कामलाई छानविनमा परेका अर्थमन्त्रीसँग जोडेर बदनाम गराउने, राजनीतिक लविङ पनि गर्ने र कुनै हालतमा बोर्डको निर्णय फिर्ता गराउने विषयमासमेत छलफल गरेका छन् । ‘अव हामी एक्सनमा उत्रिसक्यौँ । ५ जनाले सुरुवाती फण्ड पनि बनाएका छौं । अव रमेश हमालको विरोध गर्नेमाथि सो रकम खर्च गर्ने हो।’ ती ब्रोकरले अर्थ सरोकारसँग भने ।
‘पहिला हामी एक थियौँ, लविङ हुन्थ्यो, पैसा खर्च पनि मिलेर गरिन्थ्यो । सबै काम हुन्थ्यो । अहिले संघमै समस्या छ, त्यसैले अहिलेको यस्तो अवस्था आयो ।’ ती ब्रोकरले अर्थ सरोकारसँग भने, ‘बोर्ड अध्यक्ष भारत गएका रहेछन् । यहि मौकामा हामी प्लान बनाईरहेका छौं ।’
ती ब्रोकरले हमाल परिचालित भएको, भ्रष्ट अर्थमन्त्रीले जे जे भने त्यहि गर्न थालेको, अर्थमन्त्रीको निर्देशन अनुसार सबै काम भईरहेको, सिमित व्यापारीलाई मात्र लाभ हुनेगरी काम भएको, सबैलाई ब्रोकरको लाइसेन्स दिंदा सिमित व्यापारीकहाँमात्र ब्रोकर पुगेको भन्दै यस विषयमा मिडिया क्याम्पियन नै सुरु गर्नुपर्ने दाबीसमेत गरे । ‘पत्रकारले पनि धेरै कुरा बुझेका छैनन् । बोर्ड अध्यक्षका मात्र कुरा सुनेर यो निर्णय सहि हो भन्दै हिंडेका छन् । अव हामी पत्रकारलाई पनि बुझाउँछौं  । बोर्ड अध्यक्षले गरेको काम गलत हो भन्ने पुष्टी पनि गर्छौँ ।’ ती ब्रोकरले भने-‘जसरी हुन्छ रमेश हमाललाई बोर्डको अध्यक्षबाट हटाउने हो, सिध्याईदिने हो तीनको करियारलाई। ‘
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: