धन्न बाँचे सुवास ! गृहकार्य नगरेको भन्दै प्रिन्सिपलद्वारा ६ बर्षीय बालकलाई निर्घात कुटपिट !
Powered by Blogger.
धन्न बाँचे सुवास ! गृहकार्य नगरेको भन्दै प्रिन्सिपलद्वारा ६ बर्षीय बालकलाई निर्घात कुटपिट !

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा - पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ स्थित मर्निङ ग्लोरी स्कुलमा कक्षा १ मा अध्ययनरत सुवास लामिछानेलाई सोही स्कुलका प्रिन्सिपल शिवदत्त तिवारीले मरणासहन्न हुने गरी कुटपिट गरेका छन् । 

कुटाइपछी ६ वर्षीय बालक लामिछानेको ढाडभरी निलडाम बसेको छ । लामिछानेलाई प्रिन्सिपल तिवारीले गृहकार्य नगरेको भन्दै कुटपीट गरेको पीडित विद्यार्थीका आफन्तले बताएका छन् । उनको नमस्ते अस्पताल पोखरामा उपचार गरिएको छ भने प्रिन्सिपल तिवारीलई गल्ती नदोहोर्‍याउने बाचासहितको कागज गराएर छाडिएको छ ।

यसैबीच, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्षेत्रीय कमिटी क्षेत्र नम्बर ३ कास्कीले प्रेस विज्ञप्ती जारी गर्दै घटनामा दोषिलाई कारवाहीको माग गरेको छ ।


Published Date : Tuesday, June 13, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...