×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको सामाजिक कार्य : विरगञ्जको परसौनिमा नि: शुल्क आँखा शिविर सम्पन्न

  • अर्थ सरोकार सम्बाददाता 
विरगञ्ज । सनराइज बैंक विरगञ्ज शाखा र लायन्स क्लब विरगञ्जद्वारा आ.एम केडिया आई अस्पतालको सहयोगमा विरगञ्ज ३१, परसौनिमा चैत्र २१ गते निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व  अन्तर्गत सर्वसाधारणलाई सहज स्वस्थ्य सुबिधा दिने उद्देश्यसाथ उक्त कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रम सम्पन्न गर्न बैंकले लायन्स क्लब विरगंजलाई रु. १,८०,००० रकमको आर्थिक सहयोग गरेको हो ।
शिविरमा २ सय ५० जनाको आँखा परिक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको थियो । उक्त शिविरमा अस्पतालको ७ जना टोलिले सेवा प्रदान गरेका थिए । समस्या देखिएका १०० जनाकोसमेत निशुल्क उपचार हुने जानाएको छ । सनराइज बैंकले देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिदैं जाने बैंकले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: