×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पाथीभरामा नब्बे क्विन्टल सिक्का, बैंकले लिनै मानेन !

फुङलिङ । ताप्लेजुङ जिल्लास्थित पाथीभराको मन्दिरमा ९० क्विन्टलभन्दा बढी सिक्का रहेको खुलासा भएको छ । श्रद्धालु भक्तजनले दिनहुँ सिक्का चढाउँदै जाने तर, त्यसको उचित व्यवस्थापन नहुँदा समस्या भएको छ ।
बैंकसँग सहकार्य नगर्दा सिक्का गोदाममा राख्नुपर्ने बाध्यता छ । संकलित सिक्का आधा बोरामा राखिए पनि अरू भुइँमै छरिएर रहेको अवस्था छ । पाथीभराका कर्मचारी राजेन्द्र महतका अनुसार मन्दिरमा दैनिक १४ पाथीसम्म सिक्का जम्मा हुन्छ । एक पाथीमा २२ किलो हुन्छ । दैनिक दुई क्विन्टलभन्दा बढी सिक्का जम्मा हुने उनले बताए । मौसम राम्रो भए रामनवमीदेखि वैशाखभर तीर्थयात्रीको भीड लाग्ने गर्छ । अधिकांशले सिक्का पैसा नै चढाउने गर्छन् । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका सहसचिव लक्ष्मी काफ्ले बैंकले सहज तरिकाले नलगिदिँदा समस्या भएको बताउँछन् । बैंकले भने रिट्ठाको धूलो, सर्फ पानीले धोएर धानको ढुटोले सफा गरे मात्रै लाने प्रस्ताव गरेको छ ।
बैंकका तत्कालीन पूर्वाञ्चलका व्यवस्थापक दीपकबहादुर थापाले दुई वर्षअघि नेपाल बैंक लिमिटेडले यसरी दिएको सिक्का मात्र लिन सक्ने बताएका थिए । राष्ट्र बैंक नभएको जिल्लाले पनि त्यही नियमलाई पछ्याइरहेका छन् । भगवानका नाममा भुइँमा चढाइएको पैसामा फोहोर लाग्छ । त्यसलाई सटही गर्ने कर्तव्य बैंकको हो । बैंकले सिक्का लैजान विभिन्न झमेला लगाएको आरोप छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभराबाट मोटरबाटो पुगेको भालुगौंडेसम्म पुगाउन प्रतिकिलो १५ रुपैयाँ भाडा लाग्छ । मजदुरले २५ किलोभन्दा बढी बोक्न सक्दैनन् । बैंकले धोएर सफा बनाएपछि तौलका आधारमा हिसाब गर्ने गरेको छ । एक रुपैयाँको सिक्काको तौल चार र दुई रुपैयाँको पाँच ग्राम हुन्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: