×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पूर्व राजाको कम्पनीले १२ वर्षसम्मपनि तिरेन कर ! २ करोड तिर्न बाँकी, पटक-पटक ताकेता गर्दापनि टेरेनन् ज्ञानेन्द्रले !

दमक – पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष लगानी रहेको दमकको हिमालय टि गार्डेन एण्ड फार्मिङले सम्पत्ति करबापतको रकम तिर्न बाँकी रहेको खुलेको छ । फार्मिङले झन्डै २ करोड रुपयाँ कर तिर्न बाकी रहेको हो । पटकपटक ताकेता गर्दा पनि कम्पनीले रकम तिर्न आनाकानी गरेको छ ।

नगरपाालिकाले गुडरिकलाई पटकपटक सम्पत्ति कर बुझाउन अनुरोधका पत्रहरु पठाएको थियो । तर गुडरिकले पत्रबारे कुनै तदारुकता देखाएको छैन । दमक नगरपालिका बडा नम्बर ९ र १५ मा अवस्थित बगान करिब पाँचसय ७६ बिगाहा क्षेत्रफलमा रहेको छ ।

बगानको पूर्ण स्वामित्व पूर्वराजा ज्ञानेन्द्रकै छ । पूर्वी नेपालको भम्रणको बेला उनी सोही बगानमा बस्ने गरेका छन्। बगानमा चियाको खेती लगाइएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: