तिनाउ विकास बैंकको ३५% हकप्रद भर्ने आज अन्तिम दिन,यी ठाउँबाट फारम भर्न सकिन्छ
Powered by Blogger.
तिनाउ विकास बैंकको ३५% हकप्रद भर्ने आज अन्तिम दिन,यी ठाउँबाट फारम भर्न सकिन्छ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं -  तिनाउ बिकास बैंकको ३५% हकप्रद भर्ने सोमबार अन्तिम दिन हो । यस अनुसारमा आज कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन पाइनेछ । बैंकले वैशाख १९ गते देखि १०० रुपैयाँ अंकित मूल्यको ११ लाख ९४ हजार ७९६.०९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।   हकप्रद निष्कासन पछि तिनाउको चुक्ता पुँजी ४६ करोड ८ लाख ४९ हजार ९२१.८८ रुपैयाँ पुग्नेछ । यो हकप्रदमा वैशाख ५ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ८० लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ  । हाल बैंकको चुक्ता पुँजी ३९ करोड ६६ लाख ६७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४८ पैसा (वार्षिक) रहेको तिनाउको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ९२ पैसा छ । 

फारम भर्ने ठाउँ 
तिनाउ विकास बैंकको मुख्य कार्यालय बुटवलसहित अधिकांश शाखा कार्यालयबाट यो हकप्रदमा आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, काठामाडौंसहित सिद्धार्थ बैंकको अधिकांस शाखा कार्यालयबाट पनि सेयर भर्न सकिनेछ । तिनाउको हकप्रदमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । 


Published Date : Monday, June 5, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...