वेष्टर्नको डेभलपमेन्टको साधारण सभा असार २७ मा, १०% बोनस प्रस्ताव
Powered by Blogger.
वेष्टर्नको डेभलपमेन्टको साधारण सभा असार २७ मा, १०% बोनस प्रस्ताव


  • अर्थ सरोकार सम्बाददाता 

 काठमाडौं - वेष्टर्न डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा असार २७ गते बस्ने भएको छ । सभामा गत वर्षको नाफाबाट १०% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.०५% नगद लाभांश दिने प्रस्ताव गरिएको छ । यसैगरी, वेष्टर्न र नमस्ते वित्तीय संस्था एक आपसमा मर्ज हुने सम्बन्धी भएका सम्झौता तथा सहमतिपत्र र १ः१ अनुपातको सेयर स्वाप रेसियो अनुमोदन गर्ने विशेष प्रस्ताव साधारण सभामा लगिँदैछ । साधारण सभा दाङको घोराही–१५ स्थित होटल सिटिप्लाजाको सभाहलमा बिहान ११ः३० बजे सुरु हुनेछ । मर्जर प्रकृयाका कारण गत चैत २८ गतेदेखि नै बैंकको सेयर कारोबार रोकिएको छ । वेष्टर्नको हाल चुक्ता पुँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ छ । बैंकको १०% बोनस सेयर वितरणपछि चुक्ता पुँजी ३४ करोड ५३ लाख १२ हजार रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४ करोड ८३ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 


Published Date : Thursday, June 22, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...