×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जेब्रा क्रसमै मारिए पैदलयात्रु, यी हुन् ‘ब्ल्याक स्पट’

काठमाडौं । सुनसरीकी २३ वर्षीया रविना चौधरी बसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन सोमबार बिहान नौ बजे सुकेधारास्थित घरबाट निस्किइन् । चक्रपथ चल्ने बस चढेर वसुन्धरामा ओर्लिइन् । चक्रपथबाहिर रहेको स्कुल जान जेब्रा क्रसिङबाट बाटो पार गर्न लाग्दा तीव्रगतिमा आएको यात्रुवाहक बसले उनलाई ठक्कर दियो । घटनास्थलमै उनको निधन भयो ।
डेढ महिनाअघि मात्रै जागिर खान सुरु गरेकी रविनाको बसको लापरबाहीका कारण ज्यान गएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा पैदल यात्रुलाई यात्रा गर्न सिकाइरहेका बेला जेब्रा क्रसिङमै पैदलयात्रु मारिएपछि ट्राफिक प्रहरीलाई टाउको दुखाइ बनेको छ ।
ट्राफिक महाशाखाले उपत्यकामा बढी दुर्घटना हुने क्षेत्रलाई ब्ल्याक स्पट घोषणा गरेको छ । यो सूचीमा कालिमाटी–कलंकी खण्ड, महाराजगञ्ज बसुन्धरा खण्ड, चप्पल कारखानाअगाडि, गोपीकृष्ण चाबहिल खण्ड, सुकेधारा धुम्बाराही खण्ड बढी दुर्घटना हुने क्षेत्र हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: