अल्पाइन डेभलपमेन्ट बैंकको सेयर आजदेखि बिक्री खुला, यी ठाउँबाट फारम भर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - अल्पाइन डेभलपमेन्ट बैंकको आइतबार देखि ६९.३३% हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले ३ः२.०८ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १८ लाख ३ हजार २४७ कित्ता सेयर बिक्री खुला गरेको हो । हकप्रदका लागि साउन २९ गतेसम्म फारम भर्न पाइनेछ । हकप्रद निष्कासनपछि अल्पाइनको चुक्ता पुँजी ४४ करोड ४ लाख रुपैयाँ हुनेछ । जेठ २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले अल्पाइन डेभलपमेन्ट बैंकको मुख्य कार्यालय हेटौडा –४, मेनरोड मकवानपुर तथा साँगा काभ्रेपलान्चोक र नारायणगढ चितवन शाखाबाट आवेदन दिन सकिने छ । त्यस्तै एनएमबि बैंकको उपत्यका भित्रका शाखा कार्यालयहरु सितापाइला, कलंकी, चावहिल, बसुन्धारा, कुमारीपाटी र सूर्यविनायकबाट आवेदन दिन सकिनेछ । यसैगरी, उपत्यका बाहिर तीनदोबाटो बनेपा, ट्रफिकचोक बुटवल, महेन्द्रपथ धरान, रङ्गेलीरोड विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, बसपार्क रोड धनगढी, न्युरोड पोखरा, आदर्शनगर विरगञ्ज, भानुचोक जनकपुर, नारायणगढ चितवन र विर्तामोड झापा शाखाबाट पनि आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटल नागपोखरी काठमाडौंबाट भने फारम वितरण र रकम बुझ्ने व्यवस्था छैन । अल्पाइनको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड हो ।
प्रकाशित : Sunday, July 09, 2017

recent

Popular Posts