अरुण भ्याली हाइड्रोपावरले ३१ लाख ५७ हजार ८८३ कित्ता एफपीओ ल्याउने
Powered by Blogger.
अरुण भ्याली हाइड्रोपावरले ३१ लाख ५७ हजार ८८३ कित्ता एफपीओ ल्याउने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - अरुण भ्याली हाइड्रोपावरले ३१ लाख ५७ हजार ८८३ कित्ता एफपीओ ल्याउने भएको छ । शुक्रबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले प्रिमियम भाउमा सेयर जारी गर्ने निर्णय लिएको हो । कम्पनीले फेस भ्यालु १०० रुपैयाँमा २०१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०१ रुपैयाँको दरले एफपीओ ल्याउने जनाएको छ । अरुण भ्यालीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ४४ लाख खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ४० पैसा छ । तर धितोपत्र बोर्डले विशेषगरी हाइड्रोपावर कम्पनीहरुलाई एफपीओ ल्याउन कडाई गरेको छ । यसआधारमा बोर्डले अरुण हाइड्रोपावरलाई एफपीओ ल्याउन अनुमति दिन्छ वा दिंदैन त्यो चाहिँ कौतुलहताकै विषय भएको छ ।


Published Date : Sunday, July 9, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...