राष्ट्रपतिलाई १६ करोडको गाडी किन्ने निर्णयपछि बन्यो यस्तो गीत, सुनसुन ए राष्ट्रपति (भिडियोसहित)
Powered by Blogger.
राष्ट्रपतिलाई १६ करोडको गाडी किन्ने निर्णयपछि बन्यो यस्तो गीत, सुनसुन ए राष्ट्रपति (भिडियोसहित)

काठमाडौँ । यति बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई १६ करोडको गाडी किन्ने सरकारी निर्णयको निकै चर्चा छ । यो निर्णयले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा समेत निक्कै तहल्का मच्चाएकाे छ ।

रमाईलो कुरा के भने यो अरुले त विरोध गरे गरे नेकपा एमालेका केहि नेता र कयौं कार्यकर्ताले समेत यो निर्णयको चर्को विरोध र आलोचना गरेको पनि पाइयो ।

राष्ट्रपति भण्डारी १६ करोडको गाडी चढ्ने बिषयलाई कतिपयले उनका स्विर्गीय पति मदन भण्डारीसँग पनि जोडेका छन । ६ सयको साइकल चढ्ने एमालेका चर्चित नेता भण्डारीकी श्रीमती विद्यादेवी १६ करोडको गाडी चढ्ने ? भन्दै कतिपयले प्रश्न गरेका छन् भने कोहि कसैले व्यंग्य हानेका छन् ।

तर यहि बिषयलाई लिएर एउटा रमाईलो गीत बनेको छ । 'सुन सुन ए राष्ट्रपति' बोलको उक्त गीतमा नेपाली नेता तथा राष्ट्र प्रमुखहरुलाई मोजमस्ती भएको र जनताले चाहिँ सधैं सास्ती खेप्नु परेको कुरा प्रष्ट पारिएको छ ।

हेर्नुहोस् भिडियो



Published Date : Monday, July 10, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...