सन्चुरी बैंकको साउन १६ देखि ४०% हकप्रद आउँदै
Powered by Blogger.
सन्चुरी बैंकको साउन १६ देखि ४०% हकप्रद आउँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सेन्चुरी बैंकले साउन १६ गतेदेखि ४०% हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैंकले १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकले हकप्रद भर्ने अन्तिम म्याद भदौ १८ गते तोकेको छ । यसमा असार २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हकप्रदको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो । लगानीकर्ताले सिटिसि मल सुन्धारा स्थित बिक्री प्रबन्धकको कार्यालय र सेन्चुरी बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । सेन्चुरीको हाल चुक्ता पुँजी ४ अर्ब ७१ करोड ३५ लाख ६४ हजार २१३ रुपैयाँ छ । ४०% हकप्रद बिक्री गरिसकेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६० करोड ३० लाख २९ हजार ६९८ रुपैयाँ पुग्नेछ ।

सेन्चुरीले केही समय अघिमात्र इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार सुरु गरेको थियो । यी दुई विकास बैंकलाई एक्वायर गरेपश्चात कायम भएको चुक्ता पुँजीबाट बैंकले ४०% हकप्रद निष्कासन गर्न लागेको हो । यो हकप्रद सेयर गाभिएका अरनिको र इन्नोभेटिभ डेभलपमेन्ट बैंकका सेयरधनीले भर्न पाउनेछन् । तर सगरमाथा फाइनान्सका सेयरधनीले भने हकप्रद भर्न पाउने छैनन् । सगरमाथा फाइनान्सलाई पनि सेन्चुरीले एक्वायर गरी शनिबार एकीकृत कारोबार सुरु गर्दैछ । सेन्चुरीले गत वर्षको कमाईबाट लगानीकर्तालाई १०% बोनस सेयर पनि दिइसकेको छ । सेन्चुरीले तेस्रो त्रैमासमा ३१ करोड ९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ २९ पैसा छ ।

प्रकाशित मिति : Friday, July 14, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...