सेन्चुरी बैंकले ४०% हकप्रदको लागि असार २९ गते बुक क्लोज गर्दै
Powered by Blogger.
सेन्चुरी बैंकले ४०% हकप्रदको लागि असार २९ गते बुक क्लोज गर्दै

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - सेन्चुरी बैंकले ४०% हकप्रद बिक्री गर्न असार २७ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा असार २६ गतेसम्म कायम सेयरधनीले मात्र सेन्चुरीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सामान्यतयः बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद दाबी गर्न पाउने प्रावधान छ । सेन्चुरीले ४०% हकप्रद ल्याउन लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बैंकले १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेन्चुरीको यो हकप्रदमा सिभिल क्यापिटल मार्केट लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने कसरतमा रहेको सेन्चुरी ४०% हकप्रदको बाटो रोजेको हो । 

भर्खरै मात्रै सेन्चुरीले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार सुरु गरेको छ । यी दुई विकास बैंकलाई एक्वायर गरेपश्चात कायम हुने पुँजीबाट बैंकले ४०% हकप्रद निष्कासन गर्न लागेको हो । सेन्चुरीले गत वर्षको कमाईबाट लगानीकर्तालाई १०% बोनस सेयर दिइसकेको छ । चालु आर्थिक तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी ३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ छ । दुई बैंकलाई एक्वायर गरेपछि यो चुक्ता पुँजी थप वृद्धि भने भइसकेको छ । सेन्चुरीले तेस्रो त्रैमासमा ३१ करोड ९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ २९ पैसा छ ।  


Published Date : Tuesday, July 4, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...