देवः विकास र युनियन फाइनान्सकोे विशेष साधारण सभा हुँदै
Powered by Blogger.
देवः विकास र युनियन फाइनान्सकोे विशेष साधारण सभा हुँदै

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - देवः विकास बैंक र युनियन फाइनान्सको विशेष साधारण सभा अहिले ११ बजे सुरु भएको छ । देवःको लैनचौर ब्यांक्वेट लैनचौर र युनियनको नक्साल ब्यांक्वेट नक्साल, काठमाडौंमा हुदैछ । देवः विकास बैंकले युनियन फाइनान्सलाई एक्वायर गर्ने सम्बन्धमा दुवै संस्थाले विशेष प्रस्ताव पेस गरेका छन् । यी दुवै संस्थाले एक्विजिसन सम्बन्धी भएका सम्झौता र सहमति पत्रलाई साधारण सभाबाट अनुमोदन गर्ने प्रस्ताव पनि पेस गर्दैछन् । यसैगरी, सभामा युनियनको १ कित्ता सेयर बराबर देवःको ०.५ कित्ता सेयर हुनेगरी सेयर स्वाप रेसियो कायम गर्ने अर्को प्रस्ताव पेस गरिदैछ । देवःले युनियनलाई एक्वायर गरिसकेपछि कायम हुने चुक्ता पुँजीमा फेरि ४०% हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पेस गरेको छ । विशेष साधारण सभा गर्न देवःले असार २३ गते देखि आज (बिहीबार) सम्म बुक क्लोज गरेको छ ।

युनियनको भने एक्विजिसन प्रकृयाका कारण गत चैत १० गतेदेखि सेयर कारोबार बन्द छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन देवः विकास बैंकले यसअघि सहारा विकास बैंकलाई एक्वायर गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर पनि गरिसकेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा देवःको चुक्ता पुँजी १ अर्ब ३८ करोड ३२ लाख २३ हजार र युनियनको १७ करोड ६५ लाख ८५ हजार रुपैयाँ रहेको छ । तेस्रो त्रैमासमा देवःले १९ करोड ९० लाख ५८ हजार र युनियनले ५७ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । देवःको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ २६ पैसा छ । त्यसैगरी, युनियनको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २५ पैसा र प्रतिसेयर नेटवर्थ ४६ रुपैयाँ ७७ पैसा रहेको छ । 

प्रकाशित मिति : Thursday, July 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...