×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तनहुँको दमौलीमा पुग्यो एभरेष्ट बैंक लिमिटेडको नयाँ शाखा कार्यालय, कुल १०३ स्थानमा पुग्यो सञ्जाल

  • अर्थ सरोकार सम्बाददाता 
तनहुँ । एभरेष्ट बैंकले तनहुँको दमौलीमा आफ्नो १०३औं शाखाको उद्घाटन गरेको छ । बैंकले सो क्षेत्रका ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधा उपलब्ध गराउनका लागि शाखा सञ्चालनमा ल्याएको हो । उद्घाटन समारोहमा बैंकले कन्ट्याकलेश पेमेन्टलाई प्रबद्घन गर्दै आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्यूआर कोड पनि हस्तान्तरण गरेको छ ।
बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले १०३ शाखा संजाल, प्रादेशिक कार्याल, १३५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: