×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंकले गर्यो १६.१५% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

काठमाडौं – गरिमा विकास बैंकले १६.१५% बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १६.१५% बोनस सेयर र कर तिर्न ०.८५% नगद लाभांश गरि कुल १७% लाभांश दिने निर्णय गरेको हो । 
गरिमाले ४५ करोड ३ लाख २१ हजार ४३१ रुपैयाँ बराबरको बोनस र २ करोड ३७ लाख १ हजार १२७ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश बाँड्नेछ । हाल गरिमाको चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख ७६७ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२७ रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: