गरिमा विकास बैंकको ३ लाख ४५ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन
Powered by Blogger.
गरिमा विकास बैंकको ३ लाख ४५ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - गरिमा विकास बैंकको ३ लाख ४५ हजार ९१८.६६ कित्ता सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र लिलामीमा आवेदन दिन सकिनेछ । गरिमाले असार १८ देखि संस्थापक समूहको ९ हजार ८४७.१२ कित्ता र सर्वसाधारण समूहको ३ लाख ३६ हजार ७१ .५४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसअघि गरिमाले वैशाख २४ देखि जेठ १७ गतेसम्म ९० लाख ७६ हजार २९६.६६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले एस क्यापिटल लिमिटेड लालकोलनी मार्ग लालदरवार काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । बोलपत्र आइतबार दिउँसो ३ बजे एस क्यापिटल लिमिटेड लालकोलनी मार्ग लालदरवार, काठमाडौंमा खोलिनेछ । यसमा बिक्री प्रबन्धकको काम एस क्यापिटलले गर्दैछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा गरिमाको चुक्ता पुँजी १ अर्ब २९ करोड ६६ लाख १३ हजार रुपैयाँ रहेको छ । बिक्री भइसकेको हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बेचेपछि गरिमाको चुक्ता पुँजी २ अर्ब २० करोड ४२ लाख ४३ हजार ४७५.७ रुपैयाँ पुग्नेछ । बैंकले तेस्रो त्रैमासमा २४ करोड ८५ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ १७ पैसा छ ।

प्रकाशित मिति : Friday, July 7, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...