गरिमाको खुद नाफा ५७.१५% ले वृद्धि
Powered by Blogger.
गरिमाको खुद नाफा ५७.१५% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चौथौ त्रैमासमा गरिमा विकास बैंकले ३४ करोड २६ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा ५३.१५% ले खुद नाफा बढोत्तरी भएको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा २२ करोड ३७ लाख ३० हजार रुपैयाँ मात्र थियो । यता, बैंकको चुक्ता पुँजी भने १५८.३५% ले बढेको छ । बैंकले अघिल्लो वर्ष ८५ करोड ३२ लाख रुपैयाँ मात्र रहेको चुक्ता पुँजीलाई वृद्धि गरी २ अर्ब २० करोड ४२ लाख रुपैयाँ पुर्याएको हो । गरिमाको रिजर्भ कोष पनि ७८.८८% ले बढेर ६२ करोड ५५ लाख ६३ हजार रुपैयाँ पुगेको छ । तर, चुक्ता पुँजी भारी मात्रामा वृद्धि हुँदा गरिमाको प्रतिसेयर आम्दानीमा भने नराम्रो असर परेको छ । बैंकको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षमा २६ रुपैयाँ २२ पैसा थियो । तर, यो घटेर अहिले १५ रुपैयाँ ५५ पैसामा सीमित भएको छ । यसैगरी, प्रतिसेयर नेटवर्थ पनि १४० रुपैयाँ ९९ पैसाबाट घटेर यसपालि १२८ रुपैयाँ ३८ पैसामा आएको छ ।

बैंकले खुद ब्याज आम्दानी पनि ६२.८६% ले वृद्धि गरी ७४ करोड ९१ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ । गरिमाले ६१ लाख ८७ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि ३ करोड ९ लाख रुपैयाँ छुट्याएको छ । गरिमाले चौथो त्रैमासमा १४ अर्ब ५१ करोड ३३ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यसैगरी, १२ अर्ब ९९ करोड ८ लाख रुपैयाँ कर्जा लगानि गर्न बैंक सफल भएको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ५७.२६% र कर्जा लगानी ६२.२३% ले बढेको हो । बैंकको कर्जा निक्षेप अनुपात ७१.४१% छ । खराब कर्जा पनि ०.२४% मा सीमित छ ।


Published Date : Thursday, July 27, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...