गरिमा विकास बैंकको ३ लाख ४५ हजार कित्ता सेयर लिलामीमा खुला
Powered by Blogger.
गरिमा विकास बैंकको ३ लाख ४५ हजार कित्ता सेयर लिलामीमा खुला

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - गरिमा विकास बैंकले आज (आइतबार) देखि ३ लाख ४५ हजार ९१८.६६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । गरिमाले संस्थापक समूहको ९ हजार ८४७.१२ कित्ता र सर्वसाधारण समूहको ३ लाख ३६ हजार ७१ .५४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद भने असार २३ गते सम्म तोकिएको छ । 

यसअघि गरिमाले बैशाख २४ गते देखि जेठ १७ सम्म ९० लाख ७६ हजार २९६.६६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । यो लिलामीमा एस क्यापिटल लिमिटेड लालकोलनी मार्ग लालदरवार, काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । बोलपत्र असार २५ गते एस क्यापिटल लिमिटेड लालकोलनी मार्ग लालदरवार, काठमाडौंमा खोलिनेछ । गरिमाको यो लिलामीमा बिक्री प्रबन्धकको काम एस क्यापिटलले गर्दैछ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा गरिमाको चुक्ता पुँजी १ अर्ब २९ करोड ६६ लाख १३ हजार रुपैयाँ रहेको छ । लिलामी बिक्रीपछि गरिमाको चुक्ता पुँजी २ अर्ब २० करोड ४२ लाख ४३ हजार ४७५.७ रुपैयाँ पुग्नेछ । बैंकले तेस्रो त्रैमामा २४ करोड ८५ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ १७ पैसा छ । 


Published Date : Sunday, July 2, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...