×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुडविल फाइनान्सले गर्यो कामलको प्रगति, खुद नाफा १३९.२३ प्रतिशतले वृद्धि हुँदा इपिएस कति ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं। गुडविल फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनमा १३९.२३% ले धेरै हो । गत वर्षको यहि अवधिमा कम्पनीले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ७ करोड ४५ लाख रुपैयाँबाट घटेर ६ करोड २१ लाख रुपैयाँमा खुम्चिएको छ । यता, संस्थाले सञ्चालन नाफा १४३.२४% ले वृद्धि गरी ४ करोड १३ लाख रुपैयाँ पुर्याउन सफल भएको छ । 
यो असोजमसान्तसम्ममा कम्पनीले ८ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ६ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३८ करोड ५८ लाख रुपैयाँ छ । 
यता, संस्थाको खराब कर्जा १.२४% बाट बढेर २.०१% कायम भएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ०३ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: