हाम्रो विकास बैंकको साउन ५ देखि सेयर लिलामीमा आउँदै, यी ठाउँबाट फारम भर्ने
Powered by Blogger.
हाम्रो विकास बैंकको साउन ५ देखि सेयर लिलामीमा आउँदै, यी ठाउँबाट फारम भर्ने


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - हाम्रो विकास बैंकको साउन ५ गतेदेखि ४ लाख ५१ हजार १२१.७५ कित्ता सेयर लिलामीमा आउने भएको छ । हाम्रोले संस्थापक समूहको ३ लाख ९१ हजार ६३६.७६ कित्ता र सर्वसाधारणतर्फ ५९ हजार ४८४.९९ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँ भन्दा बढी भाउ तोकेर बोलपत्र फारम भर्नुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद साउन १२ गतेसम्म छ । आबेदन फारम बैंकको केन्द्रीय कार्यालय विदुर ३ बट्टार, नुवाकोट वा एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा पुग्ने गरी बुझाउनुपर्नेछ ।

दुवै समूहको बोलपत्र साउन १५ गते बिहान ११ बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा खोलिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट्सले गर्दैछ । चालु आर्थिक वर्षको तेस्र्रो त्रैमास सम्ममा हाम्रो विकास बैंकको चुक्ता पुँजी १५ करोड २९ लाख १६ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४५ करोड ८७ लाख ५० हजार ८१२ रुपैयाँ पुग्नेछ । तेस्रो त्रैमासमा बैंकले ३ करोड १० लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५७ पैसा छ । 

प्रकाशित मिति : Thursday, July 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...