×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मजदुरहरुको सारथी बन्दै हाम्रो टिम नेपाल, छाक टार्न धौ-धौ परेका मजदुरहरुलाई सहयोग गर्यो खाद्यान्न (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । निषेधाज्ञाका कारण बिहान बेलुकी छाक टार्नसमेत गाह्रो परेका मजदुरहरुलाई हाम्रो टिम नेपालले राहत वितरण गरेको छ । निषेधाज्ञाका कारण काम नपाइ बिहान बेलुकी छाक टार्न समेत नसकेका श्रमिक तथा मजदुरलाई शनिबार हाम्रो टिम नेपालले राहत वितरण गरेको हो ।
उपत्यकाका विभिन्न स्थानबाट राहतका लागि आएका मजदुरहरुलाई १५ किलो चामल, ३ किलो दाल र १ लिटर तेल राहत स्वरुप वितरण गरीएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो ।
शनिवार मात्रै ४०० भन्दा बढीलाई राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । हाम्रो टिम नेपालले अप्ठ्यारोमा परेका श्रमिक, मजदुर वर्गलाई निःशुल्क खाना खुवाउँदै आएको छ भने राहत पनि वितरण गर्ने गरेको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: