१३ डिआईजीहरूको बढुवा गर्ने सुरमा गृहमन्त्री शर्मा, हेर्नुहोस् को को बन्दैछन् एआईजी (सूचीसहित)
Powered by Blogger.
१३ डिआईजीहरूको बढुवा गर्ने सुरमा गृहमन्त्री शर्मा, हेर्नुहोस् को को बन्दैछन् एआईजी (सूचीसहित)



काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले १३ जना डिआईजीहरूलाई एआईजीमा बढुवा गर्ने तयारी थालेका छन् । मन्त्री शर्माले १३ जना वरिष्ठ डिआईजीहरूलाई एआईजीमा बढुवा गर्ने तयारी थालेको गृहमन्त्रालय स्रोतले इमान्दार मिडियालाई जानकारी दिएको छ ।

डिआईजीबाट एआईजीमा बढुवा हुनेमा १ नं. मा जयबहादुर चन्द रहेका छन् । त्यस्तै २ नम्बरमा बमबहादुर भण्डारी ३ नम्बरमा माधव जोशी ४ नम्बरमा बिजय भट्ट र ५ नम्बरमा केशरी घिमिरे रहेको स्रोतले बतायो ।

त्यस्तै एआईजी हुने लिस्टको छैटौं नम्बर पशुपति उपाध्याय त्यसपछि क्रमसः देवेन्द्र सुवेदी, मिङमार लामा, पंकज श्रेष्ठ, रोमेन्द्रसिंह देउजा, विजयलाल कायस्थ, मधु पुडासैनी र हेमन्त पाल रहेका छन् ।

बढुवा हुने एआईजीहरूबाट सात जनालाई प्रदेशको जिम्मेवारी दिएर पठाइनेछ । यो हप्ताभित्र नै डिआईजीहरूको बढुवा गर्ने तयारी भएको छ ।


Published Date : Monday, July 10, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...