ज्योतिको ७ लाख ७० हजार कित्ता संस्थापक सेयर लिलामी खुला, सर्वसाधारणले पनि भर्न पाउने
Powered by Blogger.
ज्योतिको ७ लाख ७० हजार कित्ता संस्थापक सेयर लिलामी खुला, सर्वसाधारणले पनि भर्न पाउने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - ज्योति विकास बैंकले संस्थापक समूहको सेयर सोमबारदेखि पुनः लिलामीमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक समूहको ७ लाख ७० हजार ४७.६० कित्ता सेयर सर्वसाधारणले समेत भर्न पाउने गरी लिलामीमा ल्याएको हो । ज्योतिले यसअघि असार २१ देखि २८ गतेसम्म सर्वसाधारण समूहको ५ लाख ६५ हजार १७१.४० कित्ता र संस्थापक समूहको २८ लाख १२ हजार ३३६.६० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । त्यस बेला संस्थापक समूहको सेयर पूर्णरुपले नबिकेपछि अहिले सर्वसाधारणले पनि किन्न मिल्ने गरी बैंकले फेरि लिलामीमा ल्याएकोे हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ भन्दा माथि भाउ तोकेर आवेदन दिनुपर्नेछ । लिलामीमा साउन २३ गतेसम्म आवेदन दिन पाइने छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं पुग्नेगरी बोलपत्र फारम बुझाउनुपर्नेछ । बोलपत्र साउन २५ गते बिहान ७ बजे सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौंमा खोलिनेछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब १० करोड १९ लाख ४१ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि भने बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ८६ लाख ३४ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योतिले १९ करोड २६ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । ज्योतिको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८६ पैसा छ ।

प्रकाशित मिति : Monday, July 31, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...