×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

केपी ओली र देउवालाई पछि पार्दै प्रचण्ड

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवा  सवैभन्दा माहिर खेलाडी मानिन्छन् । नेताहरु संसदीय राजनीतिको लामो अभ्यास गर्न थाले देउवा पछी ।  तर एक नम्वर खेलाडी  पछिल्लो संसदीय राजनीतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बनेका छन् ।
दोस्रो जनआन्दोलनपछि संसदीय राजनीतिमा उदायका जनयुद्ध थाल्नुभन्दा अगाडी थोरै समय संसदीय राजनीतिको प्रचण्ड अभ्यास गरेका थिए। ति कार्य थालेको पहिलो पटक नै उहा  प्रधानमन्त्री  बने । केही अपरिपक्व राजनीतिक ब्यवहार देखाउदै तत्कालिन प्रधानसेनापति काण्डमा उनले राजीनामा दिए ।
उनी लगातार त्यसपछि संसदीय राजनीतिमा सफल हुँदै आएका छन् । डा.बाबुराम भट्टराईलाई  माओवादीभित्रका तत्कालिन नेता रहनु भएका देखि पार्टी भित्रका लगभग सबै  नेतालाई मन्त्री बनाईसकेका छन् । दोस्रो संविधानसभाको निर्वाचनपछि  आफु प्रधानमन्त्री पदमा रहिरहदा ३३ जनालाई मन्त्री बनाईसकेका  छन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीले २६ सिट प्रत्यक्षमा जितेको थिए  । जसमा डा. बाबुराम भट्टराईले पार्टी परित्याग गर्दै सांसद पदबाट राजीनामा दिइसकेका छन् । माओवादी नेता बाँकी २५ जनामध्ये २१ जनालाई उनले मन्त्री बनाईसकेका छन् । लामो समय राजनीतिक गरिरहेका एमाले कांग्रेसका नेताहरुलाई जिल्याउदै तिनै सांसदहरुलाई प्रभावशाली मन्त्रालयको मन्त्री बनाएका र  कतिपय स्थानीय तहसम्म पुग्न सक्ने माओवादी नेताहरुलाई प्रचण्डले सांसद बनाए ।
माओवादीका नेता प्राय सबै  मन्त्रि बनिसकेका छन् । प्रचण्डले आफ्ना सबै नेताहलाई सत्ताको विरासतमा बसाली सकेका छन् । तर राजनीति गरेका कांग्रेस एमालेका नेताहरुले सिहदरवारमा माला समेत  लगाउन पाएका छैनन् । 
माओवादी दोश्रो  शक्तिबाट तेस्रो शक्तिमा दोस्रो संविधानसभाको निर्वाचनपछि  झरयो । तर सत्ताको खेलमा प्रचण्ड पहिलो बने । विगत चार बर्षदेखि सत्ताको साँचो उनको हातमा छ । पहिलो र दोस्रो पार्टी संगै सरकारमा जान नसकिने गरी कांग्रेसले लिएको निति नै प्रचण्डका लागि फलिफाप बन्यो ।
पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर आफुले शक्तिशाली मन्त्रालय लिए ।  ओलीलाई ढाल्दै आफु प्रधानमन्त्री बनेकांग्रेसले लिएको यही नीतिको प्रचण्डले भरपुग फाइदा उठाइरहेका छन् ।  त्यसपछि ओलीलाई ढाल्दै आफु प्रधानमन्त्री बने । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएरआफ्नै इच्छामा राजीनामा दिएर शक्तिशाली मन्त्रालय हत्याएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: