कन्काई विकास बैंकको साउन ९ देखि २१४% हकप्रद आउँदै

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - कन्काई विकास बैंकले साउन ९ गतेदेखि २१४% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले १ः२१४ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ३२ लाख १० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयर भदौ ११ गतेसम्म भर्न सकिनेछ । हकप्रद निष्कासनपछि बैंकको चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँ हुनेछ । असार १८ गतेसम्म मात्र कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । 

कन्काई विकास बैंकको केन्द्रीय कार्यालय दमक झापासहित यसका अधिकांश शाखा कार्यालयबाट पनि सेयर भर्न सकिनेछ । त्यस्तै, सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर नक्साल काठमाडौं र सिद्धार्थ बैंकका अधिकांश शाखा कार्यालयबाट पनि यो हकप्रदमा आवेदन दिन सकिनेछ । कन्काईको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहनेछ । हाल कन्काईको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ३ करोड १४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ६६ पैसा छ । 
प्रकाशित : Friday, July 07, 2017
Loading...

recent

Popular Posts