कामना विकास बैंकको ३०% हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट फारम भर्न सकिन्छ
Powered by Blogger.
कामना विकास बैंकको ३०% हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट फारम भर्न सकिन्छ

अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - कामना विकास बैंकको ३०% हकप्रद भर्ने आइतबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र हकप्रदमा आवेदन दिन पाइनेछ । कामनाले असार ११ गतेदेखि १०ः३ को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २४ लाख १३ हजार १३७.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कामनाको चुक्ता पुँजी ८० करोड ४३ लाख ७९ हजार रुपैयाँ छ । हकप्रद सेयर निष्कासनपछि कामनाको चुक्ता पुँजी १ अर्ब ४ करोड ५६ लाख ९२ हजार ९६०.९५ पैसा हुनेछ । बैंकले तेस्रो त्रैमासमा १४ करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५६ पैसा छ ।

यसमा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लजिम्पाटका साथै नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगंज, बुटवल, नेपालगंज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ । यसैगरी, कामना विकास बैंकको केन्द्रीय कार्यालय सृजनाचोक, पोखरा–८ कास्की र यसका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । 



Published Date : Sunday, July 30, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...