मिर्मिरे माइक्रोफाइनान्सको ५०% हकप्रद भर्ने आज अन्तिम दिन
Powered by Blogger.
मिर्मिरे माइक्रोफाइनान्सको ५०% हकप्रद भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ५०% हकप्रद सेयर भर्ने आइतबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यस हकप्रदमा आवेदन दिन सकिनेछ । मिर्मिरेले असार ५ देखि १ः०.५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जेठ १६ गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । हाल मिर्मिरेको चुक्ता पुँजी ३ करोड रुपैयाँ छ । हकप्रद निष्कासनपछि भने मिर्मिरेको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ करोड २१ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ १८ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ८१ पैसा छ ।

प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौं, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक बनेपा, भरतपुर शाखा चितवन, फेनहरा शाखा नवलपरासी, हेटौडा शाखा मकवानपुर, चरिकोट शाखा दोलखा, पशुपति डाँडा शाखा धादिङ र कालिकास्थान शाखा रसुवाबाट हकप्रद सेयरमा आवेदन दिन सकिनेछ । त्यसैगरी, प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु रंगेली रोड विराटनगर, आदर्शनगर वीरगन्ज, मिलनचोक बुटवल, गोदावरी रोड धनगढी र सुर्खेत रोड नेपालगन्ज शाखाबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ । मिर्मिरेको यो हकप्रदमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । 

प्रकाशित मिति : Sunday, July 23, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...