×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

…र त्यसपछि नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्वको मुद्धा जित्यो, वकिलहरु पटक-पटक इटाली जाँदा ४ करोड खर्च भयो !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ । इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकको पक्षमा फैसला भएसँगै बैंकले मुद्धा जितेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकले अव इटालीको बैंकलाई तत्काल पैसा भुक्तानी गर्न भन्नेछ । ग्यारेन्टी वापतको पैसा डुबेपछि इन्भेष्टमेन्ट बैंकलाई उक्त रकम प्रोभिजनिङ गर्नुपर्ने दबाब परेको थियो। तर बैंकले अव यो अवस्थाबाट पनि मुक्ति पाएको छ । 
खास मुद्धा के हो ?
यो केस सीएमसी नामक कम्पनीको केस हो । तनहुँ जलविद्युत परियोजनामा ठेकेदार रहेको कम्पनी सीएमसीले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो । तर कम्पनीले भने अनुसार काम नगरेको भन्दै तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी गरेको थियो । बैंकसँग दाबी गरेपछि इन्भेष्टमेन्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो । तर आफ्नो ग्यारेन्टी जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा सीएमसीले नेपाल इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रो र इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई विपक्षी बनाएर मुद्दा हालेको थियो।त्यतिबेला नेपाल इन्भेष्टमेन्ट बैंकले मुद्धा हार्यो । मुद्धा हारेपछि नेपाल इन्भेष्टमेन्ट बैंक पुनरावेदन अदालत गयो । मुद्धाको फैसला गर्दै अदालतले नेपाल इन्भेष्टमेन्ट बैंकको पक्षमा फैसला गरिदियो । मुद्दा परेपछि इटलीको बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन।
मुद्धा लड्ने खर्चमात्रै ४ करोड रुपैयाँ !
यसो त यो मुद्धा सानो लगानी र मेहेनतले जितिएको भने होइन । मुद्दा लड्नका लागि बैंकले वकिलहरु बोकेर बैंकका अध्यक्ष स्वयम् धेरैपटक इटाली पुगेका थिए । मुद्दा लड्न मात्रै बैंकको करिब करिब ४ करोड रुपैयाँ खर्च भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: