×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि ल्यायो नयाँ सुविधा, अनलाइनबाटै बैंक खाता भेरिफाई गर्न सकिने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि नयाँ सुविधा ल्याएको छ । ग्राहकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै आफैं भेरिफाई गर्न सक्ने सुविधा बैंकले ल्याएको हो । यस सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंक शाखासम्म पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
अनलाइन सुविधा सुरु भएपछि ग्राहकलाई हालको निषेधाज्ञाको अवस्थामा थप सहज हुने विश्वास बैंकले लिएको छ । अनलाइन सेल्फ भेरिफाई गरिएका खाताका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रतिमहिना १० लाखसम्मको कारोबार सीमा प्रदान गरेको छ । अनलाइन सेल्फ भेरिफाई प्रक्रियाका लागि ग्राहकले कनेक्ट आईपीएसमा रजिस्ट्रर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर एउटै हुनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: