नबिल ब्यालेन्स्ड फन्डको कतिले घट्यो खुद मूल्य
Powered by Blogger.
नबिल ब्यालेन्स्ड फन्डको कतिले घट्यो खुद मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - असार महिनामा नबिल ब्यालेन्स्ड फन्ड–१ को प्रतिइकाई खुद सम्पत्ति मूल्य २३ रुपैयाँ ९५ पैसा कायम भएको छ । जेठ महिनाको तुलनामा असारमा खुद सम्पत्ति मूल्य १२ पैसाले तल झरेको हो । जेठमा नबिल ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद सम्पत्ति २४ रुपैयाँ ७ पैसा थियो । फन्डको खुद सम्पत्ति पनि यस महिना ९३ लाख ३८ हजार ३२८ रुपैयाँले घटेर १ अर्ब ७९ करोड ५९ लाख २३ हजार ६९७ रुपैयाँमा आएको छ । अघिल्लो महिना नबिल ब्यालेन्स्ड फन्ड–१ को खुद सम्पत्ति १ अर्ब ८० करोड ५२ लाख ६२ हजार २५ रुपैयाँ थियो । असार मसान्तसम्म फन्डले ७४ विभिन्न कम्पनीको सूचीकृत सेयरमा ९६ करोड ७१ लाख ९७ हजार ६५७ रुपैयाँ लगानी गरेको छ । असार महिनासम्म फन्डको बैंक मुद्दति निक्षेपमा ५० करोड र ऋणपत्रमा ११ करोड ४४ लाख ३० हजार २८० रुपैयाँ लगानी छ । यो फन्ड १४ करोड ७५ लाख ७४ हजार रुपैयाँ नोक्सानमा छ ।

यता, नबिल इक्विटी फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्यमा कुनै घटबढ भएको छैन । जेठमा जस्तै असारमा पनि यसको प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ९७ पैसा छ । खुद सम्पत्ति भने २ लाख २१ हजार ५३० रुपैयाँले घटेर १ अर्ब २४ करोड ६० लाख ११ हजार ४९१ रुपैयाँ पुगेको छ । अघिल्लो महिना फन्डको खुद सम्पत्ति १ अर्ब २४ करोड ६२ लाख ३३ हजार २१ रुपैयाँ थियो । सूचीकृत सेयरमा ४५ करोड ६५ लाख ७४ हजार ९३७ रुपैयाँ लगानी गरेको यस फन्डको सूचीकृत नभएको सेयरमा २ करोड ५६ लाख ४५ हजार ४६ रुपैयाँ लगानी छ । सूचीकृत सेयरमा सबैभन्दा बढी शिखर इन्सुरेन्समा ३ करोड १८ लाख ३० हजार ४५९ रुपैयाँ बराबरको सेयरमा लगानी छ । यी दुवै फन्डको योजना व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ ।


Published Date : Friday, July 28, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...