×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकको ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंकले ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको छ । बैंकले निष्कासन गरेको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको हो ।
यससँगै बैंकको ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब नबिल इन्भेष्टमेण्ट बैंकिङबाट हुने भएको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र गत बैशाख २२ गतेदेखि ३१ गतेसम्म बिक्री गरेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: