एसबीआई बैंकको सेयर लिलामी भर्ने अवधि थप, कहिले तोकियो अन्तिम मिति ?
Powered by Blogger.
एसबीआई बैंकको सेयर लिलामी भर्ने अवधि थप, कहिले तोकियो अन्तिम मिति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल एसबीआई बैंकले सर्वसाधारण समूहको ४ लाख ६९ हजार ५२.६० कित्ता सेयर लिलामी भर्ने अवधि १ दिन थप गरेको छ । एसबीआई बैंकको लिलामी सेयर अब साउन १७ गतेसम्म भर्न पाइनेछ । यसअघि बैंकले साउन १६ गतेसम्म लिलामी भर्न पाउने व्यवस्था गरेको थियो । प्राप्त जानकारी अनुसार शुक्रबार रक्षा बन्धनको अवसरमा सार्वजनिक विदा परेकाले १ दिन म्याद थपिएको बैंकले जनाएको छ । यसैगरी, लिलामीको बोलपत्र पनि अब साउन १८ गते दिउँसो ३ः३० बजे खोलिने भएको छ । बैंकले गत सोमबारदेखि सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो । लिलामीमा सेयर भर्न बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं वा नेपाल एसबीआई बैंकिङ लिमिटेड हात्तिसार काठमाडौंमा पुग्ने गरी फारम बुझाउनुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १० ले भाग जाने गरी बैंकको हाल कायम चुक्ता पुँजीको ०.५५ भन्दा बढी नहुने गरी आवेदन दिन सकिनेछ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ९७ करोड ९८ लाख ५६ हजार रुपैयाँ छ । लिलामीबिक्री पछि भने चुक्ता पुँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार २५९ रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४७ पैसा छ ।


Published Date : Friday, July 28, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...