नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर बन्दै
Powered by Blogger.
नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर बन्दै


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल राष्ट्र बैंकले सोमबारका लागि १ डलर बराबर १०२ रुपैयाँ ९५ पैसा तोकेको छ । केही साताअघि १ डलर बराबर १०४ रुपैयाँ थियो । भारतीय रुपैयाँ मजवुत भएपछि यसको सकरात्मक प्रभाव नेपाली रुपैयाँमा परेको हो। त्यसैले केही दिनयता नेपाली रुपैयाँसंग अमेरिकी डलर कमजोर भएको छ ।

नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु मजवुत हुन साथ नेपाली रुपैयाँ पनि बलियो हुने गरेको छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सोमबार १ डलर बराबर ६४ भारु तोकेको छ । डलर मजवुत हुदै गएपछि १ डलर बराबर ६९ भारुसम्म पुगेको थियो । गत मंसिरमा डलर मजवुत भएपछि १११ रुपैयाँसम्म पुगेको थियो । पछिल्ला महिनामा निरन्तर डलर कमजोर हुदै गएको छ ।

गत पुससम्म १ डलर बराबर औसत १०६ रुपैयाँ ३५ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ । गत जुनमा पनि १ डलर बराबर १०३ रुपैयाँ १२ पैसा थियो । डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत जेठसम्म उपभोक्ता मूल्यवृद्धि ३ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम भएको छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । 

प्रकाशित मिति : Monday, July 31, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...