नेरुडे लघुवित्तको सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन
Powered by Blogger.
नेरुडे लघुवित्तको सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेरुडे लघुवित्त विकास बैंकको संस्थापक र सर्वसाधारण समूहको सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । प्राप्त जानकारी अनुसार बैंकले असार १३ गतेदेखि संस्थापक समूहको ९३ हजार ९७७ कित्ता र  सर्वसाधारण समूहको १४ हजार ७५९ कित्ता गरी कुल १ लाख ८ हजार ७३६ कित्ता सेयरको लिलामी खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । नेप्सेमा नेरुडेको हालको बजार मूल्य १२ सय ४८ रुपैयाँ छ । संस्थापक समूहमा न्यूनतम १ हजार कित्तादेखि १० ले भाग जाने सबै कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।

यसका लागि बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्नेगरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र बुधबार दिउँसो ३ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ भने यसको बाँडफाँट असार २५ गते हुनेछ । नेरुडेले लिलामीमा सेयर नपरेको पैसा असार २८ गतेदेखि आवेदन बुझाएको संकलन केन्द्रबाट फिर्ता दिने जनाएको छ । नेरुडेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ८५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासमा यसको चुक्ता पुँजी २१ करोड ६० लाख रुपैयाँ छ । नेरुडेको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ७३ पैसा छ ।

प्रकाशित मिति : Tuesday, July 4, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...