×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्रीले भनेः व्यवसायीका समस्या समाधान गर्छु बदलामा कामदारको सुरक्षाको ग्यारेन्टी गर्नुस्

काठमाडौँ  – प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा जाने कामदाको सुरक्षा ग्यारेन्टीका लागि व्यवसायीलाई आग्रह गरेका छन् । विदेशको श्रमबजारमा नेपाली कामदार पठाउनुपर्ने बाध्यता भए तापनि कामदारको शारीरिक तथा आर्थिक सामाजिक सुरक्षा आवश्यक रहेको बताए ।
‘कसैको काल नै आउँदैन भन्ने छैन तर, वैदेशिक रोजगारमा गएका हाम्रा नागरिकको एयरपोर्टमा लास आउने गरेको छ यस विषयमा गम्भीर हुन आवश्यक छ’ शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभामा प्रधानमन्त्री देउवाले भने । उनले व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै वैदेशिक रोजगारमा जाने कामदारको सुरक्षा ग्यारेन्टी आवश्यक रहेको बताए ।
संघका अध्यक्ष विमल ढकालले वैदेशिक रोजगारीमा देखिएको सिन्डिकेट तोड्नका लागि सरकारको ध्यानाकर्षण गराए । उनले मलेसिया लगायतका केही मुलुकमा सीमित कम्पनीलाई मात्रै जिम्मा दिनु उचित नभएको धारणा व्यक्त गरे ।
संघको २५ ‍औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष विमल ढकालको नेतृत्वमा लोकतान्त्रिक सामूहिक प्यानलले उम्मेदवारी दिएको छ । त्यस्तै वर्तमान महासचिव रोहण गुरुङ नेतृत्वमा प्रगतिशील संयुक्त व्यवसायायिक प्यानलले उम्मेदवारी दिएका छन् ।
साधरणसभाले सात पदाधिकारीसहित १७ जनाको कार्यसमितिका लागि ८ सय ४७ जना सदस्यले मतदान गर्दै छन् । अन्य चारजना सदस्य भने निर्वाचित कार्यसमितिले पूर्व(अध्यक्ष मध्येबाट चयन गर्नेछ । – काठमाडौँ टुडे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: