हिमालयन जनरल इन्सुरेन्सको १६६.६७% हकप्रदमा मूल्य समायोजन, मूल्य समायोजन कति रुपैयाँमा ?
Powered by Blogger.
हिमालयन जनरल इन्सुरेन्सको १६६.६७% हकप्रदमा मूल्य समायोजन, मूल्य समायोजन कति रुपैयाँमा ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल स्टक एक्सचेञ्जले हिमालयन जनरल इन्सुरेन्सको १६६.६७% हकप्रदमा मूल्य समायोजन गरेको छ । हकप्रद समायोजनपछि आइतबार हिमालयनको सेयर कारोबार प्रतिकित्ता ६९१ रुपैयाँमा खुलेको छ । यसको औसत आधार मूल्य भने ८५१ रुपैयाँ छ । हिमालयनले असार २८ गतेदेखि ६४ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्दैछ । यसका लागि कम्पनीले आइतबार बुक क्लोज गरेको हो । हिमालयनको हकप्रदमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । हाल हिमालयनको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ पुग्नेछ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा छ ।

प्रकाशित मिति : Sunday, July 2, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...