नेसनल लाइफको २५% बोनस समायोजन, समायोजनपछि कतिमा खुल्यो कारोबार ?
Powered by Blogger.
नेसनल लाइफको २५% बोनस समायोजन, समायोजनपछि कतिमा खुल्यो कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ - नेसनल लाइफ इन्सुरेन्सको २५% बोनसमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले नेसनलको बोनस समायोजन गरी प्रतिकित्ता १९ सय ९२ रुपैयाँमा कारोबार खुला गराएको हो । नेसनलको औसत आधार मूल्य भने १९ सय ८८ रुपैयाँ छ । कम्पनीले साउन २७ गते साधारण सभा गर्न आजदेखि बुक क्लोज गरेको हो । साधारण सभामा २५% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.३२% नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसैगरी, बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा ६०% हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा लगिंदैछ । साधारण सभा नेसनल लाइफको केन्द्रीय कार्यालय, लजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे बस्नेछ ।


Published Date : Sunday, July 23, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...