×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम लाईफ इन्स्योरेन्सको सम्पूर्ण भुक्तानी अब सोझै लाभग्राहीको खातामा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्सको सम्पुर्ण भुक्तानीलाई स्वचालित रुपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ । कम्पनीले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी यस्तो व्यवस्था गरेको हो ।
यससँगै एनसीएचएल तथा कनेन्ट आइपीएस प्रणालीमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम लाईफ पहिलोे इन्स्युरेन्स कम्पनी भएको छ । हाल कम्पनीले सिद्धार्थ बैंक मार्फत यी भुक्तानी कारोबारहरु गर्ने भएको छ ।
सो व्यवस्थाको सुरुवात सँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । यसबाट कम्पनीको सेवा सञ्चालन थप छरितो, र सहज हुने विश्वास गरिएको छ ।
प्राइम लाईफ सँगै २३ जीवन तथा निर्जीवन बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत कनेन्ट आइपीएस इ–पेमेन्टबाट भइरहेको छ । साथै, भने ४ वटा बीमा कम्पनी भने एनपीआइ प्रणालीमा आबद्ध भैसकेका छन् । एनपीआइ नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ ।
जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ५१ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: