रिलायबल माइक्रोफाइनान्सको खुद नाफामा ४०% गिरावट, प्रतिसेयर आम्दानी २० रुपैयाँ
Powered by Blogger.
रिलायबल माइक्रोफाइनान्सको खुद नाफामा ४०% गिरावट, प्रतिसेयर आम्दानी २० रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा रिलायबल माइक्रोफाइनान्सको ४० प्रतिशतले खुद नाफा घटेको छ । अघिल्लो आर्थिक बर्ष यसै अवधिमा कम्पनीको नाफा १ करोड ८८ लाख ३४ हजार ५४० रुपैयाँ थियो । जबकी यो त्रैमाससम्ममा रिलायवलको खुद नाफा १ करोड १२ लाख ९४ हजार ९८० रुपैयाँ छ । कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो वर्षको तुलनामा ७.३९ प्रतिशतले बढेर ५ करोड ३ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा खुद ब्याज आम्दानी ४ करोड ७९ लाख ८ हजार रुपैयाँ थियो । रिलायबलले १६ करोड ३४ लाख ३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०० प्रतिशत धेरै हो । अघिल्लो वर्ष ८ करोड १५ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । कम्पनीले कर्जा लगानी २७.५३ प्रतिशतले विस्तार गरेर ४५ करोड ७० लाख ४५ हजार रुपैयाँ पुर्याएको छ ।

रिजर्भ कोषमा ९०.२२ प्रतिशतले बढाएर ४ करोड १३ लाख ४५ हजार रुपैयाँ जम्मा गरेको छ । अघिल्लो वर्षको अही अवधिमा २ करोड १७ लाख ३५ हजार रुपैयाँ रिजर्भ कोषमा थियो । अघिल्लो वर्ष जस्तै यसपालि पनि कम्पनीको चुक्ता पुँजी ५ करोड ६५ लाख रुपैयाँ छ । रिलायबलको खराब कर्जा बढेर २.४१ प्रतिशत पुगेको छ भने कस्ट अफ फन्ड पनि बढेर ९.६० प्रतिशत पुगेको छ । अघिल्लो आवमा कम्पनीको खराब कर्जा र कस्ट अफ फन्ड क्रमशः १.२५ प्रतिशत र ६.५० प्रतिशत थियो । कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २० रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १३८.१८ रुपैयाँ छ ।


Published Date : Sunday, July 30, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...