रिलायबल माइक्रोफाइनान्सको ५०% हकप्रद खुल्यो, साउन २९ गते अन्तिम म्याद
Powered by Blogger.
रिलायबल माइक्रोफाइनान्सको ५०% हकप्रद खुल्यो, साउन २९ गते अन्तिम म्याद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - रिलायबल माइक्रोफाइनान्सले आइतबारदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको छ । रिलायबलले २ः१ अनुपातमा १०० रुपैयाँ दरको २ लाख ८२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यो लघुवित्तको हकप्रद साउन २९ गतेसम्म भर्न पाइनेछ ।  हाल रिलायबलको चुक्ता पुँजी ५ करोड ६५ लाख रुपैयाँँ छ । यो हकप्रद बिक्रीपछि चुक्ता पुँजी ८ करोड ४७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ करोड १ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ २० पैसा रहेको छ ।

 यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो । हकप्रद बिक्री गर्न रिलायबलले असार १६ मा बुक क्लोज गरेको थियो । यसआधारमा असार १५ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न पाउँनेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल सिटिसि मल सुन्धारा र रिलायबल माइक्रोफाइनान्सको सम्पूर्ण शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायबल डेभलपमेन्ट बैंकको ज्ञानेश्वर काठमाडौंलगायत यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन पाइने व्यवस्था छ ।


Published Date : Sunday, July 9, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...