रुरल माइक्रोफाइनान्सले लिलामी सेयर बाँडफाँटमा नपरेकालाई मंगलबारबाट पैसा फिर्ता दिंदै
Powered by Blogger.
रुरल माइक्रोफाइनान्सले लिलामी सेयर बाँडफाँटमा नपरेकालाई मंगलबारबाट पैसा फिर्ता दिंदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले मंगलबारदेखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिने भएको छ । कम्पनीले आवेदन दिएको संकलन केन्द्रबाटै चेक मार्फत पैसा फिर्ता दिनेछ । रुरलले असार १२ देखि १९ गतेसम्म ८८ हजार ५६४.७४ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको थियो । 

यो लिलामी सेयर शुक्रबार बाँडफाँट गरिएको हो । रुरलले यसअघि जेठ १६ गतेदेखि २२ गतेसम्म ८८ हजार ५६४.७४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको थियो । त्यो अवधिमा सेयर नबिकेपछि पुनः सर्वसाधारणले समेत भर्न पाउने गरी लिलामीमा ल्याइएको हो । रुरलको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा रुरलको चुक्ता पुँजी ६९ करोड २१ लाख २० हजार रुपैयाँ रहेको छ । तेस्रो त्रैमासमा यस कम्पनीले १४ करोड ३२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५९ पैसा (बार्षिक) रहेको रुरलको प्रतिसेयर नेटवर्थ २८० रुपैयाँ २१ पैसा छ ।


Published Date : Monday, July 10, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...